Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

पीएम कपमा बसिर अहमदको शतक

जारी पीएम कप अन्तर्गतको खेलमा त्रिभुवन आर्मी क्लबबाट खेलिरहेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी वसिर अहमदले शतक प्रहार गरेका छन् । बसिरले ८६ बलमा १०० रन बनाएर आउट भएका थिए ।

त्यस्तै टस जितेर नेपाल पुलिस क्लबविरुद्ध पहिला ब्याटिंग गरेको आर्मीका लागि भीम सार्कीले ६२ रन बनाएका थिए । 

यो समाचार तयार गरुन्जेल आर्मीले ४७ ओभरमा ८ विकेट गुमाउदै २४३ रन बनाएको छ र नेपाल पुलिसलाई २४४ रनको लक्ष्य दिएको छ । पुलिसले आफ्नो जवाफी ब्याटिंग शुरु गर्दै २ विकेट समेत गुमाएको छ ।

बर्षाले प्रभावित हुदा यो खेल ४७-४७ ओभरमा खेलाइएको छ ।