Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समूहको निर्णय

नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेर्तत्वको केन्द्रीय कार्यसमितिको बैठक केही दिनमै बोलाउने तयारी भएको छ ।

हाल हङकङमा रहेका तत्कालीन सभापति देउवा नेपाल फर्किएलगत्तै चौधौँ महाधिवेशन केन्द्रीय कार्यसमितिको बैठकले राख्ने तयारी थालिएको हो ।

आइतबार धुम्बाराहीमा बसेको तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा.शेखर कोइरालासहितका निवर्तमान कार्यसमिति र कार्यसम्पादन समितिमा रहेका नेताहरूको बैठकले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएर निर्वाचनको समीक्षा गर्ने निर्णय गरेको नेता मीन विश्वकर्माले जानकारी दिए ।

बैठकमा पार्टीको आगामी कार्यनीतिको बारेमा छलफल गर्ने उद्देश्य रहेको विश्वकर्माले जानकारी दिए ।