ललितपुरमा इँटाभट्टाको पर्खाल भत्कँदा एकजनाको मृत्यु भएको छ । उक्त घटना हुँदा चारजना घाइते भएका छन् ।
आइतबार (चैत ८) गते बिहान करिब १० बजे हरिसिद्धिस्थित होसना इँटाभट्टाको पर्खाल भत्कँदा यस्तो दुर्घटना भएको प्रहरीले जनाएको छ । पर्खालको इँटाले च्यापिँदा कर्मचारी रुकुमकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको हो ।
प्रहरीका अनुसार घटनामा रुकुमकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल घाइते भएका छन् ।
घाइतेमध्ये एकजना अवस्था गम्भीर छन् । घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।