Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

पीएम कपमा आसिफ सेखको शतक

जारी पीएम कपमा एपीएफबाट खेलिरहेका असिफ सेखले शतकीय पारी खेलेका छन् ।

आसिफले १०५ बलमा ११४ रन बनाएर आउट भएका छन् ।  बागमती प्रदेश विरुद्ध एपीएफबाट खेलिरहेका सन्दीप जोराले ५२ रनको अर्धशतकीय पारी खेलेर आउट भएका छन् । 

टस हारेर पहिला ब्याटिंग गरेको एपीएफले यो समाचार तयार गरुन्जेल ४० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको छ ।  बागमतीका लागि रिजन ढकालले ४ विकेट लिएका छन् ।