नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । उक्त बैठकमा सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस भएको छ ।
उपसभापति विश्वप्रकाश शर्माले पार्टीको चुनावी समीक्षा प्रतिवेदनसँगै सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गरेका हुन् । शर्माले प्रतिकूल अवस्थामा पार्टीको कमान्ड छाड्नु संगठनप्रति अन्याय हुने तर्क गर्दै सभापतिको नैतिक जिम्मेवारीको कदर गर्दै अहिलेको मुख्य आवश्यकता परिस्थिति सम्हाल्नु रहेको उल्लेख गरेका छन्।
बैठकले थापाको राजीनामा अस्वीकृत गर्दै उनलाई नै पार्टी सुदृढीकरणको नेतृत्व दिनुपर्ने निर्णय गरेको छ।