नेपाल जेनजी फ्रन्टले काठमाडौंको माइतीघरमा प्रदर्शनका लागि पुगेकी संयोजक रक्षा बममाथि दुर्व्यहार गरेको घटनामा आपत्ति जनाएको छ। फ्रन्टले शुक्रबार विज्ञप्ति जारी गर्दै आफ्ना संयोजक बममाथि दुर्व्यहार गरेको भन्दै आपत्ति जनाएको हो।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँच बुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी अगुवाहरू ६ दिनदेखि माइतीघरमा प्रदर्शन गरीरहेका छन् ।