Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र, प्रमुख सचेतकमा खुश्बु

राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता चयन गरेको छ ।

राप्रपाको ५ सदस्यीय संसदीय दलले जुम्लाबाट प्रत्यक्षमा जितेका एक मात्र सांसद शाहीलाई संसदीय दलको नेता चयन गरेको हो । त्यस्तै शाहीले समानुपातिक सांसद खुश्बु ओलीलाई मुख्य सचेतकमा नियुक्त गरेका छन् ।

प्रत्यक्षमा एक सिट मात्र जितेको राप्रपाले समानुपातिकतर्फ चार सिट पाएको थियो ।

648727668_3422805517868459_6243056391114604342_n_n0t9ndpvFM.jpg