राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा काठमाडौं क्षेत्र नम्बर ९ का निर्वाचित प्रतिनिधिसभा सदस्य डोल प्रसाद अर्याल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गुण्डु निवास पुगेका छन् ।
बुधबार ओली निवास गुण्डु पुगेर उपसभापति अर्यालले अध्यक्ष ओलीका पिताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदन व्यक्त गरेका हुन् ।
ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो ।