Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङको देउखुरीमा गए राति यहाँ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा त्यसका चालक गढवा गाउँपालिका–५ बाकीका ३६ वर्षीय भानु रिजालको मृत्यु भएको हो । 

ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।