Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

कार्की आयोगको प्रतिवेदन सार्वजनिकको माग गर्दै जेनजीहरुको माइतीघरमा प्रदर्शन

गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले तयार पारेको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माइतीघरमा आइतबार जेनजी समूहले प्रदर्शन गरेका छन् । 

उनीहरूले कार्की नेतृत्वको छानबिन आयोगले तयार पारेको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न सरकारसँग माग गर्दै प्रदर्शन गरेका हुन् ।

सरकारले भदौ २३ र २४ गते भएको घटनाको निष्पक्ष छानबिन गर्न आयोग गठन गरेको थियो । उक्त आयोगले फागुन २४ गते आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको छ।

सो प्रतिवेदन सार्वजनिक नभएको र कार्यान्वयन पनि नभएको भन्दै जेनजी समूहले सरकारलाई दबाब दिएका हुन् न माइतीघरमा प्रदर्शन गरेका हुन्।