गण्डकी प्रदेशका पूर्व प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) कैद सजाय भुक्तान गरी बुधबार डिल्लीबजार कारागारबाट रिहा भएका छन्।
उनीमाथि मिलन गुरुङ (चक्रे मिलन) माथि खुकुरी प्रहार गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा पाँच वर्ष कैद सजाय तोकिएको थियो। सो सजायमध्ये बाँकी रहेको १ वर्ष ४ महिना कैद पूरा गरेपछि उनी रिहा भएका हुन्।
यसअघि मनाङेले विभिन्न चरणमा गरी दुई वर्ष आठ महिना कैद भुक्तान गरिसकेका थिए। उच्च अदालत पाटनले पाँच वर्ष कैद सजाय सुनाएपछि उनी थुनाबाहिरै बसेर मुद्दा लड्ने सुविधा पाएका थिए। तर सर्वोच्च अदालत ले २०८१ कात्तिक २० गते उच्च अदालतको फैसला सदर गरेपछि उनी २०८१ कात्तिक २७ गते पक्राउ परेका थिए।