Jul 13 2026

Jul 13 2026 | सोमवार, आषाढ २९ गते २०८३

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

१७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महानगरपालिका-१५ भेडियाही बस्ने ५० वर्षीय भुटन साह भन्ने रामजनम साहलाई प्रहरीले पक्राउ गरेको छ । 

साहले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी भिष्वाडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।