Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

नवलपरासी-१ मा रास्वपाका विक्रम खनाल निर्वाचित, विनोद चौधरी पराजित

नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका विक्रम खनाल निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका विनोद कुमार चौधरीलाई करिब ३५ हजार मतान्तरले पराजित गर्दै खनाल निर्वाचित भएका हुन् ।खनालले ४५ हजार २४१ र चौधरी ९ हजार ५०२ मत पाए ।

एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९५६, जनता समाजवादी पार्टी नेपालका हृययेश त्रिपाठीले ७ हजार ८३२ र राप्रपाका नवनित कुमार मिश्रले एक हजार ५९३ मत प्राप्त गरे ।