Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

सुर्खेत–१ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी हुँदा रास्वपा तेस्रो

सुर्खेत क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का विजयी भएका छन् । उनी नेकपा एमालेका उम्मेदवार ध्रुवबहादुर शाहीलाई पराजित गर्दै विजयी भएका हुन् ।

खड्काले २६ हजार ८९७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी शाहीले १८ हजार ८९० मत पाएका छन् । रास्वपाका उम्मेदवार टेकबहादुर सिंह ठकुरी १४ हजार ७२९ मतसहित तेस्रो भएका छन् भने पाँचौं नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार जितबहादुर राना भएका छन् । उनले दुई हजार ८२८ मत ल्याएका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका रवि हमाल ठुकरीलेभने मात्र एक हजार ४९ मत प्राप्त गरेका छन् ।