सुनसरी-१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले अग्रता बढाउँदै लगेका छन् । निर्वाचन आयोगको हालसम्मको मतपरीणाम अनुसार साम्पाङले ७८१३ मत प्राप्त गरेका छन् ।
रास्वपाकी गोमा तामाङले भने पाँच हजार ८७१ मत ल्याएका छन् । सुरुवाती गणनामा साम्पाङलाई तामाङले पछि पारेकी थिइन् । तर,पछिल्लो अपडेटअनुसार साम्पाङ एक हजार ९४२ मतले अगाडी छन् ।
मत गणना जारी छ ।