Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

समानुपातिकमा पनि रास्वपानै अगाडी, कांग्रेस दोस्रो, राप्रपासँग एमालेको प्रतिस्पर्धा

प्रतिनिधि सभाको समानुपातिक निर्वाचनतर्फ हालसम्म ४६,०२० मत गणना भएको छ।

प्राप्त मत परिणामअनुसार दलगत प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट रूपमा अगाडि देखिएको छ। हालसम्मको मतगणनामा रास्वपाले २६,२४९ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ भने नेपाली कांग्रेसले ८,४०९ मतसहित दोस्रो स्थान ओगटेको छ ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) ले ३,६६० मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ३,६०३,नेपाली कम्युनिष्ट पार्टीले १,१९६ र श्रम संस्कृति पार्टीले १,११४ मत प्राप्त गरेको छ।

अहिले मतगणना जारी छ ।