इलाम क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणना अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । जस अनुसार सुहाङले ४९१ मत ल्याएका छन् ।
यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार सुदिप राईले ४४३ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले २१० ल्याएका छन् ।
रास्वपा उम्मेदवार गोकुल राईले १७१ मत ल्याउका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार ओम गुरुङले ५१ मत ल्याएका छन् ।