प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहत-१ मा मतगणना जारी छ ।
यस क्षेत्रमा रास्वपाका उमेदवार राजेशकुमार चौधरीले ७०६ मतसहित अग्रता बनाएका छन् भने जसपा नेपालका उमेदवार योगेन्द्र राय यादवले ५६७ मत ल्याएका छन् ।
तेस्रो स्थानमा भने एमालेका उमेदवार अजय गुप्ताले २८८ मत ल्याएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल २२० मतसहित चौथो स्थानमा रहेका छन् ।
यस्तै कांग्रेसका उमेदवार अनिलकुमार झाले २१२ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।