रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता कायम राखेका छन्।
हालसम्मको मतपरिणामअनुसार प्रचण्डले ४ हजार ३९८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले १ हजार २६१ मत प्राप्त गरेकी छन्।
यस्तै नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ९०७ मत प्राप्त गरेका छन्।
अधिकांश क्षेत्रमा रास्वपाको बलियो उपस्थिति भएता पनि रुकुम पूर्वमा भने रास्वपाका उम्मेदवार लखनकुमार थापा पछि परेका छन्। उनले अहिलेसम्म ३५४ मत ल्याएका छन् ।