Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

धनुषा-१ को मतगणना तत्काल शुरु नहुने

मधेस प्रदेशको धनुषा-१ को मतगणना तत्काल शुरु नहुने भएको छ ।

यस क्षेत्रमा रास्वपाका उम्मेदवार किशोरी शाह कमलको उम्मेदवारी रद्द भएका कारण मतगणनामा विवाद भएको थियो । विवाद पछि निर्वाचन अधिकृतको कार्यालय धनुषाले निर्वाचन आयोगमा मतगणना बारे स्पष्ट निर्देशन माग गरेकोमा आयोगले निर्देशन नदिएका कारण तत्कालका लागि मतगणना स्थगित भएको हो ।

निर्वाचन अधिकृतको कार्यालयले आयोगबाट निर्देशन नआएसम्म मतगणना नहुने जानकारी गराएको छ ।