रौतहट-४ मा मतगणना जारी छ।
अहिलेम्म ३६ सय मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस क्षेत्रमा ऋषि धमला उम्मेदवार छन्। उनले अहिलेसम्म ९ मत मात्रै पाएका छन्।
यस क्षेत्रमा रास्वपाका गणेश पौडेलले २ हजार २०५ मत ल्याएका छन् भने कांग्रेसका देवप्रसाद तिमिल्सिनाले ६९२ मत ल्याएका छन्।
यस्तै नेकपाका रामकुमार भट्टराईले ६३७ मत ल्याएका छन् भने एमालेका रामजी साहले १ सय २२ मत ल्याएका छन्।