सर्लाही–४ मा मतगणना सुरु भएको छ । यस क्षेत्रमा अहिले १०:१५ बाट मतगणना सुरु भएको हो ।
यस क्षेत्रबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उम्मेदवार हुन् । पहिलो चरणमा बलरा नगरपालिकाको वडा नम्बर ३, ५, ६, ७, १० र ११ मा खसेको मतबाट गणना सुरु भएको छ ।
यस क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहको गृहपालिका हो ।