Jul 13 2026

Jul 13 2026 | सोमवार, आषाढ २९ गते २०८३

सुर्खेतमा अवतरण गर्ने क्रममा श्री एयरलाइन्सको जहाजको टायर पड्किएपछि...

श्री एयरलाइन्स को जहाज सुर्खेतमा अवतरण गर्ने क्रममा टायर पड्किएको छ ।

काठमाडौंबाट सुर्खेतका लागि उडेको ९एन–एओएल दर्ता नम्बरको जहाज दिउँसो १ः५२ बजे सुर्खेत विमानस्थल मा अवतरण गर्ने क्रममा टायर पड्किएको हो । जहाजमा ५० जना यात्रु सवार थिए । टायर पड्किए पनि सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको जनाइएको छ ।

घटनापछि उक्त जहाजको टायर परिवर्तन गर्नुपर्ने भएकाले सुर्खेत–काठमाडौं उडान रद्द गरिएको छ । कम्पनीले यात्रु व्यवस्थापनका लागि आवश्यक पहल भइरहेको जनाएको छ ।