Jul 13 2026

Jul 13 2026 | सोमवार, आषाढ २९ गते २०८३

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरीको नियन्त्रणमा

टिकटकर  तथा युट्युबर रतन कार्कीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी रविन्द्र खनालका अनुसार मौन अवधिका उम्मेदवारको प्रचार गरेर भिडियो पोष्ट गरेका कारण प्रहरीले नियन्त्रणमा लिएको हो ।

डिएसपी खनालले मौन अवधिमा विभिन्न राजनीतिक दलका उम्मेदवारको भिडियो पोष्ट गरेकाले उनलाई प्रहरीले सम्पर्क गरि कार्यालयमा उपस्थित गराएको हो ।

कार्की जापान बस्दथे । उनी केही दिनयता मात्र नेपाल फर्किएका थिए ।