Jul 13 2026

Jul 13 2026 | सोमवार, आषाढ २९ गते २०८३

गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईँ समूहका दुईजना पक्राउ

आज बिहान काठमाडौँका गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईँ समूहका दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गाडीमा आगजनी गरेको आरोपमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ चन्द्रागिरी नगरपालिका–६ बस्ने २८ वर्षीय सुमन बोहरा र चन्द्रागिरि–६ नै स्थायी ठेगाना भएका ५५ वर्षीय कृष्ण मिजारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

दुबै जनालाई चन्द्रागिरिबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए । आज बिहान सुकेधारा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी भएको थियो । 

आगजनी भएको ठाउँबाट दुर्गा प्रसाईंको पर्चा समेत भेटिएको थियो ।