Jul 13 2026

Jul 13 2026 | सोमवार, आषाढ २९ गते २०८३

पुल्चोकको दाउरा थकालीमा आगलागी

ललितपुरको पुल्चोकस्थित एक रेष्टुरेन्टमा आगलागी भएको छ। मंगलबार दिउँसो पुल्चोकस्थित दाउरा थकालीमा आगलागी भएको हो।

मंगलबार दिउँसो पौने ४ बजेतिर दाउरा थकालीमा आगलागी भएको थियो । आगलागीबाट भएको क्षतिको विवरण आउन सकेको छैन ।

आगलागीमा कुनै मानवीय क्षति नभएको ललितपुरका एसएसपी होविन्द्र बोगटीले बताए। आगालागी कसरी भयो भन्नेबारे पनि अझै खुलिसकेको छैन।