Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

निर्वाचन सुरक्षाबारे गृहमन्त्री आर्यालद्वारा ओखलढुङ्गामा अनुगमन

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन गृहमन्त्री ओमप्रकाश आर्याल नेतृत्वको उच्चस्तरीय टोलीले शुक्रबार ओखलढुङ्गामा निर्वाचन सुरक्षाको अवस्थाबारे अनुगमन गरेको छ ।

अनुगमनका क्रममा गृहमन्त्री आर्यालले जिल्लामा सुरक्षा व्यवस्था मजबुत बनाइएको उल्लेख गर्दै नागरिकलाई कुनै डर वा त्रास बिना निर्धक्क भएर मतदान गर्न आग्रह गरे। उनले निर्वाचन बिथोल्ने वा कानुनविपरीत गतिविधिमा संलग्न हुनेलाई कडा कारबाही गरिने चेतावनी पनि दिएका छन् ।

गृहमन्त्रीले शान्ति सुरक्षा कायम राख्न तथा निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न सम्बन्धित सुरक्षा निकायलाई निर्देशन दिएका थिए ।

दोलखा र ओखलढुङ्गाको अनुगमन सम्पन्न गरेपछि उच्चस्तरीय सुरक्षा टोलीले मोरङसहित अन्य जिल्लामा समेत निर्वाचन सुरक्षाको निरीक्षणलाई निरन्तरता दिएको जनाइएको छ।