Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

नवलपरासी पश्चिममा सीमा नाका ७२ घण्टा बन्द हुने

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका सीमा ७२ घण्टा बन्द हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडिएका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाका सम्पूर्ण सीमा नाकाहरु फागुन १८ गतेदेखि  फागुन २१ गते राती १२ बजेसम्म बन्द रहने जानकारी दिएको छ ।