Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

जनजागृतिमाथि पुलिस क्लबको फराकिलो जित

जारी एन्फा राष्ट्रिय लिग अन्तर्गत नेपाल पुलिस क्लब राष्ट्रिय लिगले नव जनजागृति युवा क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा पुलिसले नव जनजागृति युवा क्लबलाई ७-० गोल अन्तरले पराजित गरेको हो ।

धीरेन्द्रबहादुर शाही र सञ्जीव लामाले २-२ गोल गरे भने दशरथ गिरी, भरत शाह र विजय उरावले एक एक गोल गरेका थिए ।

जितसँगै चार स्थानमाथि उक्लिएको पुलिस क्लबले ७ खेलबाट ७ अंक पुर्‍याएको छ । पुलिसको लिगमा दोस्रो जित हो । त्यस्तै जनजागृति भने अंकविहीन रहँदै पुछारमा यथावत रहेको छ ।