Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

जय ट्रफी: एपीएफमाथि पुलिस क्लबको ९ विकेटको जित

जारी जय ट्रफी अन्तर्गत नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई पराजित गरेको छ । मंगलबार टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिस क्लबले एपीएफ क्लबलाई ९ विकेटले पराजित गरेको हो ।

एपीएफले दिएको ११३ रनको लक्ष्य पछाएको पुलिस क्लबले एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । पुलिसको जितमा कुशल भुर्तेलले अविजित ७१ रन बनाएका थिए ।

यसअघि एपीएफले पहिलो इनिंगमा १८५ रन बनाएको थियो भने पुलिस क्लबले ७ विकेट गुमाएर २७७ रन बनाएर इनिंग घोषणा गरेको थियो । त्यसपछि एपीएफले दोस्रो इनिंगमा २०४ रन बनाएर अल आउट भएको थियो । 

२-२ खेलपछि एपीएफ ३८ अंकसहित शिर्ष स्थानमा छ भने पुलिस क्लब ३७.५ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

अब नेपाल पुलिस क्लबले अर्को खेल विहिबारदेखि बागमती प्रदेश विरुद्ध खेल्ने छ भने एपीएफले त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ ।