सरकारले उपभोक्ता अदालतको अध्यक्षमा डा. दिवाकर भट्टलाई नियुक्त गरेको छ । प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
उनले त्रिभुवन विश्वविद्यालयबाट कानूनको स्नातकोत्तर(एलएलएम) गरेका थिए । साथै हङकङ विश्वविद्यालय हङकङबाट समेत अन्तराष्ट्रिय कानून र मानव अधिकारको अध्ययनगरेका छन् ।
उनले एक दशकभन्दा बढी समय न्याय सेवाको सरकारी वकिलको रूपमा काम गरेका थिए ।