Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

साम्बाको उपचारका लागि नागार्जुन रिसोर्टले एक लाख सहयोग गर्ने

राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि नागार्जुन रिसोर्टले रु एक लाख सहयोग प्रदान गरेको छ । 
 
काठमाडौँको नागार्जुनमा अवस्थित सो रिसोर्टले कप्तान भण्डारीको उपचारका लागि उक्त रकम उनको बैङ्क खातामा जम्मा गरिदिएको रिसोर्टका सञ्चालक निरोज पन्तले जानकारी दिए । घुँडामा भएको सङ्क्रमणसँग जुधिरहेकी साम्बा पुनः जटिल शल्यक्रियाको तयारीमा रहेकी र शल्यक्रिया महङ्गो भएकाले उनले आर्थिक सहयोगको याचना गरेका थिए ।
 
नेपाली फुटबललाई अन्तरराष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान दिने राष्ट्रको गौरव खेलाडीको उपचारका लागि उक्त रिसोर्टले सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग उपलब्ध गराएको सञ्चालक पन्त र व्यवस्थापन प्रमुख अभिषेकविक्रम शाहले बताए ।