Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

दोलखाका एमाले नेताकार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

नेकपा एमाले निकट मुक्ति समाज दोलखाका नेताहरु तथा कार्यकर्ताहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा स्वागत गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नेहरूमा खड्ग बहादुर गजमेर, सितारमा विक, खड्क बहादुर खाति, हलबहादुर खाति, राजन खाति, गीता खाति, अजित रिजाल, रामजी खाति, रमेश खाति, पदम सेन्चुरी, भुवन खाति, शकुन्तला खाति, दिपबहादुर खाति, चन्द्र गजमेर, गणेश रिजाल, रजनी खाति, राहुल लामिछाने, रोहित कार्की, अरुण सुवेदी, सुरज मोत्तान, रञ्जिता खाति, शरण रसाली, राजु रिजाल, देवी रिजाल लगायत नेताकार्यकताहरु रहेका छन् । 

कार्यक्रममा संयोजक प्रचण्डले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै देशमा वाम आन्दोलनलाई सशक्त बनाउन सबै क्रान्तिकारी कम्युनिष्टहरु एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको धारणा राखेका थिए ।