अफगानिस्तानले श्रीलंकाविरुद्ध यूएईमा तीन एकदिवसीय र तीन टी-२० खेलको सिरिज खेल्ने भएको छ । सिरिज मार्च १३ देखि २५ सम्म सञ्चालन हुने अफगानिस्तान क्रिकेट बोर्डले जानकारी दिएको छ ।
सिरिजको सुरुवात टी- २० सिरिजबाट हुने छ । पहिलो टी- २० मार्च १३ मा शारजाहा क्रिकेट स्टेडियममा हुनेछ भने दोस्रो र तेस्रो खेल क्रमशः मार्च १५ र १७ मा सोही मैदानमा खेलाइनेछ ।
त्यसपछि एकदिवसीय सिरिजका लागि खेलहरू दुबई मा हुने छन् । मार्च २०, २२ र २५ मा हुने तीन एकदिवसीय खेल दुबई इन्टरनेशनल स्टेडियममा आयोजना गरिने भएको छ ।
अफगानिस्तान जारी टी-२० विश्वकपमा समुह चरणबाट बाहिरिएको छ भने श्रीलंका सुपर आठमा खेलिरहेको छ ।