दुर्गा प्रसाईंमाथि अनुसन्धान गरी कारबाही अघि बढाउनु भन्ने निर्वाचन आयोगको निर्णयको फाइल मगाउन सर्वोच्च अदालतले आदेश गरेको छ । निर्वाचन आयोगले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पठाएको पत्रको फाइल माग गरिएको हो ।
उक्त पत्र न्यायाधीशहरु डा. नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले ४ फागुन, २०८२ मा पठाएका थिए । अदालतले यसअघि नै दुर्गा प्रसाईले पेश गरेको मुद्दाको फाइल मगाउन आदेश दिएको थियो ।
यधपी मंगलबारका लागि भने मुद्दाको पेशी तोक्न भनिएको छ ।