Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

नव जनजागृतिलाई हराउँदै एपीएफ एन्फा राष्ट्रिय लिगको शीर्ष स्थानमा

एन्फा राष्ट्रिय लिग अन्तर्गत आज भएको खेलमा एपीएफ क्लबले नव जनजागृति क्लबलाई पराजित गरेको छ । 

आजबाट पुनः सुचारु भएको लिगको एन्फा कम्प्लेक्सस्थित भएको पहिलो खेलमा एपीएफ क्लबले नव जनजागृति क्लबलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

एपीएफको जितमा हरि कार्की, युवराज खड्का, समिरज थोकर र अनिश घर्तिले एक एक गोल गरेका थिए । त्यस्तै नव जागृतिका लागी एक गोल निश्चय थापाले गरेका थिए ।

यो सँगै एपीएफ ६ खेलबाट १६ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ ।