आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।
निर्वाचनमा सबै मतदाताको सहभागीताका लागि तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरिएको हो ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार यदि आयोगको सिफारिस अनुसार सरकारले बिदा स्वीकृत गरेमा लगातार ७ दिन सार्वजनिक बिदा हुने भएको छ ।
फागुन १८ र १९ गते दुई दिन होली पर्व, २० देखि २१ निर्वाचन तथा २२ र २३ गते शनिवार र अन्तर्राष्ट्रिय नारी दिवस पर्ने भएकाले लगातार सात दिन बिदा हुने भएको हो ।