Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

नेपाली जनता कसैको कुण्ठा पूर्ति गर्ने साक्षी बस्दैनन् : आयुक्त भण्डारी

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ मा निर्वाचन नरोकिने बताएका छन् ।

आइतबार आयोजित एक कार्यक्रममा भण्डारीले निर्वाचनको मिति तोकिएपछि विभिन्न संशय र हल्ला फैलाइए पनि मतदान प्रक्रिया कुनै हालतमा नरोकिने बताएका हुन् ।

उनले केही कुण्ठित तत्त्वहरूले निर्वाचन रोकिन्छ कि भन्ने भ्रम फैलाउन खोजेको पनि बताए ।"केही कुण्ठित तत्त्वहरूले निर्वाचन रोकिन्छ कि भन्ने भ्रम फैलाउन खोजेका छन्, तर नेपाली जनता कसैको कुण्ठा पूर्ति गर्ने साक्षी बस्दैनन्,"  उनले भने ।

उनले निर्वाचनको निष्ठामा खलल नपुर्‍याउन आग्रह गर्दै युवाहरूको यो जोस र उत्साहले नेपालमा सुशासन प्रवाह गर्ने मार्ग प्रशस्त गर्ने समेत बताए ।

प्रतिनिधिहरूले जनमतको कदर गर्दै मुलुकमा शान्ति र सुशासन कायम गर्नेछन्," उनले भने ।