Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि सन्दीप लामिछानेले गरे नाम दर्ता

नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा हुने प्रतिष्ठित क्रिकेट प्रतियोगिता ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि आफ्नो नाम दर्ता गराएका छन् ।

प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् ।

प्रतियोगिताको अक्सन आगामी मार्च ११ र १२ मा हुँदैछ । लामिछाने यसअघि सन् २०२१ मा ओभल इन्भिन्सिबल्सको टोलीमा १ लाख पाउन्ड मूल्यमा अनुबन्धीत भएका थिए । तर सो समयमा उनले कुनै खेल खेलेका थिएनन् ।