Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

टी-२० विश्वकपको समुह चरणको अन्तिम खेल आज हुँदै

आज जारी टी-२० विश्वकपको समुह चरणको अन्तिम खेल हुँदैछ । आज समुह बी अन्तर्गतको अस्ट्रेलिया र ओमानबीचको खेल हुदैछ । श्रीलंकाको पेल्लेकेलेमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुने छ ।

अस्ट्रेलिया र ओमान दुवै सुपर आठको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले फरक पार्ने छैन । समुह बी बाट श्रीलंका र जिम्बाबे सुपर आठमा पुगिसकेका छन् भने आयरल्याण्ड, अस्ट्रेलिया र ओमान बाहिरिएका छन् ।

अस्ट्रेलियाले यसअघि श्रीलंका र जिम्बाबेसँग हार बेहोरेपछि प्रतियोगिताबाट बाहिरिएको थियो भने ओमानले यसअघि खेलेका तिनै खेलमा हार बेहोरेको छ । आज समुह चरणका सबै खेल सकिएपछि शनिबारदेखि सुपर आठका खेल हुने छन् ।