प्रजातन्त्र दिवसको अवसर पारेर चलचित्र झरिपछिको इन्द्रेणी सार्वजनिक भएको छ। उक्त चलचित्र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको आधिकारिक युट्युब च्यानलमार्फत आज बिहीबार सार्वजनिक भएको हो।
भ्रष्टाचार र व्यथितिप्रति सशक्त आवाज उठाउने विषयवस्तु समेटिएको यो फिल्म आजदेखि दर्शकले निशुल्क युट्युबमा हेर्न सक्ने व्यवस्था गरिएको छ।
निर्देशक अर्जुन घिमिरे पाडेका अनुसार सुशासन, पारदर्शिता र न्यायप्रति नागरिकलाई थप सचेत गराउने उद्देश्यले चुनाव नजिकिँदै गर्दा फिल्मलाई डिजिटल माध्यममार्फत रिलिज गरिएको हो। सामाजिक मुद्दामाथि आधारित भएकाले युट्युबबाट व्यापक दर्शकसम्म पुर्याउने रणनीति अपनाइएको बताइएको छ।
फिल्म हेर्नुहोस्-