पशुपतिनाथ क्षेत्रमा प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ परेका छन्। महाशिवरात्रीमा एक प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ परेका हुन् ।
ती युवकलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए। युवक मकवानपुर ठुलदमार स्थाई घर भई हाल काठमाडौं महानगरपालिका-१३ बस्ने २५ वर्षीय रिजन श्रेष्ठ भएको खुलेको छ।
श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रमुख एसएसपी थापाले जानकारी दिए ।