टी-२० वर्डकप अन्तर्गत आफ्नो अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध नेपाल ७ विकेटले विजयी भएको छ ।
मंगलबार भारतको मुम्बईस्थित वान्खेडे क्रिकेट रंगशालामा स्कटल्यान्डले प्रस्तुत गरेको १७१ रनको लक्ष्य पछ्याएको नेपालले स्कटल्यान्डविरुद्ध ७ विकेटले जित निकाल्दै सुखद अन्त्य गर्ने लक्ष्यमा छन् ।
एक खेल अगाडी नै सुपर–८ बाट बाहिरिएको नेपाल भने अंकविहीन बन्दै तालिको पुछारमा छ । नेपालले यसअघि इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग खेल्दा क्रमशः चार रन, १० विकेट र नौ विकेटले पराजित भएको थियो ।
तीन खेल खेल्दा दुई हार र एक जित निकालेको स्कटल्यान्ड भने दु्रई अंकका साथ तेस्रो स्थनमा छ । स्कटल्यान्डले यसअघि इटालीलाई ७३ रनले पराजित गर्दा वेस्ट इन्डिजसँग ३५ रन र इंग्ल्यान्डसाग पाँच विकेटले हारेको थियो । स्कटल्यान्ड पनि समूह चरणबाटै बाहिरिएको छ ।