Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

पैदलयात्रीलाई मुक्का हान्ने व्यक्ति पक्राउ

पैदलयात्रीलाई मुक्का हान्ने व्यक्ति पक्राउ परेको छ । उनलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो 

पक्राउ पर्ने कार चालक पारस बम रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका एसएसपी नवराज अधिकारीले जानकारी दिए । अहिले उनलाई ट्राफिक कार्यालय रामशाह पथ लगिएको छ । 

उनले चप्पल कारखाना अगाडि एक पैदलयात्रीलाई मुक्का हानेका थिए । पैदलयात्रीलाई मुक्का हानेको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।