Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

वेस्ट इण्डिजविरुद्ध नेपालको खराब शुरुवात, लोकेश बम पनि आउट

आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इण्डिज विरूद्धको खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ।

मुम्बईको वानखेडेमा नेपालले ११ औं ओभरको चौथो बलमा लोकेश बमलाई गुमाएको हो।

लोकेशलाई समर जोशेफले आउट गरेका हुन्।

आउट हुनुअघि लोकेशले १५ बल खेलेर २ चौका हान्दै १३ रन बनाएका थिए।

उनको विकेटपछि गुल्सन झा ब्याटिङमा आएका छन्।