आइसिसी टी-२० विश्वकप क्रिकेटमा वेस्ट इण्डिज विरूद्धको खेलमा नेपालले कप्तान र दुवै ओपनर गुमाएको छ।
मुम्बईको वानखेडेमा टस जितेर वेस्ट इण्डिजले बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको हो। ओपनर कुशल भुर्तेल पहिलो ओभरको पाँचौं बलमा आउट भएका हुन्। उनले एक रनमात्रै बनाए।
त्यसपछि आएका कप्तान रोहित पौडेल चौथो ओभरको पहिलो बलमा आउट भएका हुन्।कप्तान रोहितलाई वेस्ट इण्डिजका म्याथ्यु फोर्डले एलबिडब्लु धरापमा पारेका थिए।
अर्का ओपनर आशिफ शेख पाँचौं ओभरको पहिलो बलमा आउट भएका हुन्। उनलाई जेसन होल्डरले विकेट लिएका हुन्।
दुई ओपनर र कप्तान गुमाएपछि नेपालका दीपेन्द्र सिंह ऐरी र आरिफ शेख ब्याटिङमा छन्।