Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

नेपाललाई चौथो सफलता, दीपेन्द्रले लिए विकेट

 नेपालले चौथो विकेट लिएको छ ।

नेपाली बलर दीपेन्द्र सिंह ऐरीले ५५ रन बनाएर खेलिरहेका ज्याकब बेथललाई आउट गरेका हुन् । यसअघि सन्दीप लामिछाने, शेर मल्ल र नन्दन यादवले एक एक विकेट लिएका थिए ।  

टस जितेर पहिला ब्याटिंग गरिरहेको इङल्याण्डले १३.४ ओभरमा ४ विकेट गुमाएर १२८ रन बनाएको छ ।