Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

नेता माधव नेपाल अस्पताल भर्ना, एक्कासी के भयो ?

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । रुघाखोकीलगायत समस्या देखिएपछि नेपाल अस्पताल भर्ना भएका हुन् ।

नेकपाका नेता रामकुमार भट्टराईका अनुसार बुधबार उनलाई काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

चिसोका कारण खोकी, कफले गर्दा समस्या भएपछि नेपाल भर्ना भएका हुन् ।