Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

विप्लवलाई प्रचण्डको आग्रह- आत्मसमिक्षासहित आउनुहोस् स्वागत गर्न तयार छाैँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई आत्मसमिक्षासहित बृहत कम्युनिष्ट एकतामा सामेल हुन आग्रह गरेका छन्।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा विप्लव नेतृत्वको पार्टीबाट विद्रोह गरेका नेताहरूलाई नेकपामा समायोजन गर्ने कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

 उनले विप्लपलाई एकतामा ल्याउने प्रयास अन्तिम चरणमा पुगेको तर जेन–जी आन्दोलनपछि विप्लपको नेतृत्व वैचारिक अन्यौलमा परेको दाबी गरे। राष्ट्र असाधारण परिस्थितिमा रहेकाले कुनै आवेगमा नभई कम्युनिष्ट आन्दोलनका घटकहरूलाई एकताबद्ध गरेर शक्ति आर्जन गर्ने प्रयास गरिएको तर विप्लवले त्यो अवसर गुमाएको उनले बताए ।

प्रचण्डले विप्लवप्रति कुनै आक्रोश नरहेको उल्लेख गर्दै अझै पनि आत्मसमिक्षासहित आए स्वागत गर्न तयार रहेको समेत बताए ।