Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

युवा पुस्ताको क्षमताको सम्मान गर्नुपर्छ : मोहम्मद खालिद

राष्ट्रिय सभाका सदस्यहरुले देशको विकासमा युवा पुस्ताको क्षमतालाई समेटिनुपर्ने बताएको छ । आज बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनीहरुले मुलुकको राजनीतिक परिस्थिति सुधार गर्न पनि युवा मनोभाव सम्बोधन गरिनुपर्ने धारणा राखेको छ ।

राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदले नातावाद र आफन्तलाई अवसर दिने परिपाटीले गर्दा धेरै सक्षम युवा दिक्क मानेर विदेसिनुपरेको बताए । यस्तो परिस्थितिबाट देशलाई जोगाएर सक्षम र दक्ष जनशक्तिलाई स्वदेशमै टिकाउने रणनीतिबारे सोच्नुपर्ने उनको सुझाव थियो ।
 
राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले जेनजी आन्दोलनको समीक्षा गर्दै मुलुकको विकास पुरानो पुस्ता र नयाँ पुस्ताबीचको सहकार्यमा सम्भव हुने बताए । दलहरुको औचित्यमाथि प्रश्न गर्ने र अर्कोतर्फ दल बनाएर आउनेले जनतालाई भ्रममा पारेका उनले बताए । युवा पुस्ता र पुराना पुस्ताको कित्ताकाट गरेर विकास सम्भव नहुने उनको धाराणा थियो  ।